Loading...
You are here:  Home  >  समाज  >  Current Article

विर्तामोड आँखा अस्पतालद्वारा चालकको निशूल्क आँखा जाँच, धेरैले पहिलो पटक आँखा जाँच गराए

५ चैत,   खबरमञ्च,   at 8:04 PM

By   /  March 19, 2019  /  Comments Off on विर्तामोड आँखा अस्पतालद्वारा चालकको निशूल्क आँखा जाँच, धेरैले पहिलो पटक आँखा जाँच गराए

    Print       Email

विर्तामोड । सवारी दुर्घटना न्यूनीकरण महाअभियानको पाँचौ दिन बिभिन्न सवारी साधनका चालक तथा सह-चालकहरुलाई नि.शुल्क आँखा जाँचको कार्यक्रम आयोजना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अनुरोधमा बिर्तामोड आइ हस्पिटलद्वारा संचालित उक्त आँखा जांच कार्यक्रममा राजमार्गमा गुडिरहेका विभिन्न सवारी साधनहरुलाई किनारामा पार्क गरेर सवारी चालकहरुलाई अस्पतालमा ल्याई आँखा जांच गरिएको थियो ।

उक्त कार्यक्रममा १०५ वोटा सवारी साधनका चालक तथा सह चालक सहभागी भएका थिए ।

बिर्तामोड आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. राजेश प्रधानले पहिलो चालकलाई आँखा जांच गरि कार्यक्रमको सुभारम्भ गरेका थिए। आँखा जांच गराउन आएका चालक तथा सह चालकहरुमध्ये अधिकांशले मंगलबार पहिलो पटक आँखा जांच गराएको बताए।

अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा स्वस्थ राख्ने उपाय र सम्भावित चोट पटकबाट आँखालाई सुरक्षित राख्ने बिषयमा स्वास्थ्य शिक्षा दिनुका साथै नियमित रुपमा आँखा जांच गराउन सुझाएका थिए ।

कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका चिकित्सक एबम प्राबिधिक साथै ट्राफिक कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक लगायत ट्राफिक प्रहरीहरुको सक्रिय सहभागिता रहेको थियो ।

आँखा जांच गरेका चालक तथा सह चालकहरुमध्ये केहीमा टाढा नजिक देख्न नसक्ने दृस्टी दोष , मासु पलाएको, आँखाको एलर्जी, नली बन्द भएर आँशु बग्ने जस्ता समस्याहरु देखिएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपदमा उत्पन्न संकटमा सहायताका लागि जुट्न मानवअधिकार आयोगको आग्रह

Read More →