Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

विप्लव नेकपाका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

२२ कार्तिक,   रासस,   at 10:02 PM

By   /  November 8, 2019  /  Comments Off on विप्लव नेकपाका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

    Print       Email

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन्।

गाउँमा चन्दा संकलन तथा संगठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए।

पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिएका छन्। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रिहा भए रुप ज्याेति

Read More →