Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

५ भदाै,   खबरमञ्च डेस्क,   at 7:06 PM

By   /  August 22, 2019  /  Comments Off on विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

    Print       Email

 

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कार्यालयले सवारी साधान खरिद गर्दा सर्वेक्षण गर्नुपर्ने व्यवस्था लागू गर्ने बताएका छन् ।

काम लाग्ने अवस्थामै सवारीसाधन रहेपनि बिग्रिएकाे भनेर सरकारी कार्यालयहरूले जथाभावी सवारी साधन खरिद गर्न थालेकाे भन्दै प्रतिनिधिसभाकाे बिहीवारकाे बैठकमा सांसदले प्रश्न उठाएपछि अर्थमन्त्री खतिवडाले सर्वेक्षणकाे व्यवस्था चाँडै लागू गर्ने बताएका हुन् ।

सरकारी कार्यालयहरुले जथाभावी गाडि खरिद गर्दा राज्यको अर्थतन्त्रको दुरुपयोग भएकाे भन्दै उनले त्यसमा अंकुश लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विदेशमा गैरकानूनी लगानी गरेको भए सम्पत्ति जफत

बैठकमा अर्थमन्त्री खतिवडाले गैरकानूनी तरिकाले नेपाली नागरिकले विदेशमा लगानी गरेको भए त्यो सम्पत्ति जफत हुने पनि । राष्ट्र बैंककाे अनुमति नलिइ विदेशमा लगानी गर्न नेपालीलाई प्रतिबन्ध लगाएको भन्दै अनाधिकृत रुपमा विदेशमा लगानी गरेकाे पाइए ताेकिएकाे कानून आकर्षित हुने बताए ।

विदेशमा नेपाली नागरिकले गरेको लगानी र स्वीस् बैंकमा रहेको रकमको बारेमा सांसद्हरुले जवाफ मागेपछि अर्थमन्त्री खतिवडाले सम्पत्ति जफत हुने बताएका हुन् ।

आइफा अवार्ड नेपालमा नहुने

अर्थमन्त्री खतिवडाले सरकारले आइफा अवार्डका लागि बजेट नछुट्याएको पनि प्रष्ट पारेका छन् । आइफा अवार्ड नेपालमा आयाेजना हुने नहुने बारे सांसदले उठाएकाे प्रश्नमा उनले आइफा अवार्ड तत्कालका लागि नेपालमा नहुने टुंगो भइसकेकाले कुनै पनि बजेट विनियोजन नगरिएकाे स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

Read More →