Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

“विदेशमा उपचार गर्न जाने कसैले पनि अब सरकारी कोषबाट पैसा पाउँदैनन्”

१० असार,   खबरमञ्च,   at 12:39 PM

By   /  June 25, 2019  /  Comments Off on “विदेशमा उपचार गर्न जाने कसैले पनि अब सरकारी कोषबाट पैसा पाउँदैनन्”

    Print       Email

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जानेलाई सरकारका तर्फबाट कनै रकम प्राप्त नहुने स्पष्ट पारेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देश बाहिर उपचारका लागि जाने जो भउ पनि सरकारले उपचार खर्च नदिने बताएका हुन् ।

स्वास्थ्यमन्त्री यादवले पैसा हुने हरुले नेपालमा उपचार हुने भएपनि बाहिरनै जाने गरेको भन्दै त्यसलाई रोक्ने बानून भने नभएको बताए ।

मन्त्री यादवले भने, ‘पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन। तर विदेशमा उपचार गराउनेलाई जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ।’

कानून बनिसकेकाे भन्दै उनले अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा नपाउने  बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वविद्यालयमा भागबन्डाको मुस-दौड रोक्न डा. केसीको आग्रह

Read More →