Loading...
You are here:  Home  >  छापामा  >  Current Article

वाइडबडीमा यसरी जोडिएका छन् देउवा, तर प्रतिवेदनमा उनको नामै छैन

२८ पुस,   खबरमञ्च,   at 7:29 AM

By   /  January 12, 2019  /  Comments Off on वाइडबडीमा यसरी जोडिएका छन् देउवा, तर प्रतिवेदनमा उनको नामै छैन

    Print       Email

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन्।

०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो।

त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

पर्यटन मन्त्रालयले संसद्को सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा ०७४ वैशाख २५ देखि चैत्र १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ।

यो विवरण गलत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतले बतायो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

७३ हजार कर्मचारीले रोजे समायोजन

Read More →