Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

वरिष्ठ कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन

७ माघ,   खबरमञ्च,   at 2:06 PM

By   /  January 21, 2019  /  Comments Off on वरिष्ठ कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन

    Print       Email

काठमाडौ । वि.स. २००७ सालमा जन्मेका वरिष्ठ कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ।

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको आज वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।

उनले अभिनय गरेको ‘गोपी’ यही माघ १८ मा प्रदर्शन हुँदै छ। उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् । सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका थिए । निधन हुनुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भ्रष्टाचार काण्डमा प्रमुख सेनानी कार्की जेल चलान

Read More →