Loading...
You are here:  Home  >  समाज  >  Current Article

लुकिछिपी बसेका ‘गुन्डा’लाई तह लगाउन प्रहरी महानिरीक्षक खनालको निर्देशन

२० कात्तिक,   खबरमञ्च,   at 6:43 PM

By   /  November 6, 2018  /  Comments Off on लुकिछिपी बसेका ‘गुन्डा’लाई तह लगाउन प्रहरी महानिरीक्षक खनालको निर्देशन

    Print       Email

पोखरा । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा लुकिछिपी बसेका ‘गुन्डा’लाई तह लगाउन कास्की प्रहरीलाई निर्देशन दिएका छन् ।

मंगलबार कास्की प्रहरीले पोखरामा आयोजना गरेको ‘समुदाय-प्रहरी साझेदारी’ अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा खनालले पोखरामा गुन्डागर्दी गर्ने जोसुकै भएपनि तत्काल ‘एक्सन’मा उत्रन प्रहरीलाई निर्देशन दिए ।

उनले पछिल्लो समय पोखरामा गुन्डागर्दी ‘शून्य’ अवस्थामा पुगेको भएपनि कहीँ–कतै लुकिछिपी विभिन्न योजनाहरु बनाउनसक्ने भन्दै त्यसप्रति प्रहरीलाई सचेत गराए ।

कास्की प्रहरीले छोटो समयमा झन्डै एक हजारको संख्यामा फरार अपराधी समात्न सफल भएको तथा बलात्कार र हत्यामा संलग्नलाईसमेत तत्काल पक्राउ गर्न सक्षम उनको भनाइ थियो ।

महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अरु प्रहरी प्रमुखहरुले ल्याएको कार्यक्रमभन्दा नितान्त फरक रहेको जिकिर गरे ।

प्रहरी र समुदायबीचको साझेदारीले नै समाज विकासतर्फ अगाडि बढ्ने भएकाले आफूले यस्तो कार्यक्रम ल्याएको र यो कार्यक्रम हरेक गाउँ–बस्तीमा पुर्‍याउने लक्ष्य रहेको उनले उल्लेख गरे ।

उनले पोखरा सहरलाई प्रहरीको गस्तीभन्दा पनि आधुनिक उपकरणका माध्यमबाट प्रहरी परिचालन गराउने गरी काम गर्न प्रदेश प्रहरी प्रमुखलाईसमेत निर्देशन दिए ।

सो अवसरमा गन्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले कास्की प्रहरीले अपराध अनुसन्धानमा राम्रो काम गरेको भन्दै कास्केली जनताको साथ र सहयोग सधैं प्रहरीलाई रहने बताए ।

कास्की प्रहरी प्रमुख ओमबहादुर रानामगरले आफूले कास्कीको ‘कमान्ड’ सम्हालेदेखिको प्रगति विवरण प्रहरी महानिरीक्षक खनालसमक्ष पेस गर्दै कास्कीको शान्ति–सुरक्षा चुस्त–दुरुस्त बनाउन समुदायसित मिलेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा कास्कीका व्यवसायी, विभिन्न संघ–संस्था, आमा समूह, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रक्सी पिएर यात्रुबस चलाउने चालक पक्राउ

Read More →