Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

लिपुलेकको विषयले चिन्तित बनाएको भन्दै डा. केसीले तोडे अनसन

२६ कार्तिक,    at 6:51 PM

By   /  November 12, 2019  /  Comments Off on लिपुलेकको विषयले चिन्तित बनाएको भन्दै डा. केसीले तोडे अनसन

    Print       Email

 

डडेल्धरा । अनसनरत डा गोविन्द केसीले अनसन तोडेका छन्। भारतले नेपाली भूभाग समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको विषयले देशनै तरंगित भएको बेला डा केसीले पनि ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन्।

डा केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको विषयले आफूलाई पनि चिन्तित बनाएको भन्दै तत्काललाई अनसन स्थगित गरेको बताएका छन् ।

“भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,” उनले भने, “राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।”

डा केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने

Read More →