Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

लगानी सम्मेलन काठमाडौंमा शुरु

१५ चैत,   खबरमञ्च,   at 12:02 PM

By   /  March 29, 2019  /  Comments Off on लगानी सम्मेलन काठमाडौंमा शुरु

    Print       Email

काठमाडौं । सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरेको लगानी सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले पनि समारोहलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि सबै किसिमको वातावरण निमार्ण गर्न सफल भइसकेको बताएका छन् । उनले नेपाल अब सबै किसिमको हिंसा, त्रास र भयबाट मुक्त भइसकेको बताए ।

उनले नेपालमा लगानी सुरक्षित रहेको बताउँदै त्यसका आधार प्रस्तुत गरे । वर्तमान सरकारले लगानीका लागि कुनै व्यवधान बाँकी नराखेको उनको भनाई थियो ।

‘लगानीका लागि दर्जन आधार प्रस्तुत गर्न चाहान्छु। पहिलो, राजनीतिक स्थिरता, दोस्रो दोब्बर आर्थिक वृद्धिको लक्ष्य, तेस्रो लगानी सहज बनाउन सम्बन्धित कानुन निर्माण र संशोधन, चौथो,भ्रष्टाचारमा शून्य सहनशीलता, पाँचौ, मेरो सरकार पारर्दर्शी छ, छैठौँ, कानुनी शासन छ र सुशासन छ’, उनले भने, ‘लगानीका लागि यी आधारहरु पर्याप्त हुन् ।’

प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ अघि बढेको बताए ।

‘नेपालले थुप्रै अवसर प्रदान गर्छ, लगानीमा ढिलो नगर्नुहोस् । विकास नै मुख्य लक्ष्य हो। राम्रा कुरा दिन चाहान्छौँ,राम्रो लिन चाहान्छौँ’ ओलीले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →