Loading...
You are here:  Home  >  खबरमञ्च विशेष  >  Current Article

रोजगारीको खोजी गरिरहेका यी युवाको दुःख कहिले बुझ्ने सरकार ?

चैत ९,   खबरमञ्च,   at 3:48 PM

By   /  March 22, 2017  /  Comments Off on रोजगारीको खोजी गरिरहेका यी युवाको दुःख कहिले बुझ्ने सरकार ?

    Print       Email

विर्तामोड । झापा विराटपोखर घर भएका प्रकाश कट्टेलले सन् २०१४ मा पनि इपिएस परीक्षा दिए । पास पनि भए । तर अहिलेसम्म जान पाएका छैनन् । बुधबार इपिएस परीक्षाको आवेदन फारम भर्न अघि ग्लोबल आइएमइ बैंकमा परीक्षा शूल्क बुझाउन बिहान ४ बजेदेखि लाइन बसेका थिए ।

उनले सन् २०१४ देखि यता करीब एक लाख रुपैयाँ सके कोरियन भाषा पढेरै । अहिले आएर त्यो पैसा अनाहकमा खेर गयो कि भन्ने पनि उनलाई लागेको छ ।

विर्तामोडको शनिश्चरे रोडमा रहेको ग्लोबल आइएमइ बैंक अगाडि सयौंको संख्यामा युवा कोरिया जान पाइने आशमा बैंकमा पैसा बुझाउन लाम लागेका थिए । विहान ४ बजेदेखिको लाइन अपरान्हसम्ममा धेरै कमले मात्र पैसा बुझाउन पाएका थिए ।

पाँचथर ओयाम ९ बाट पैसा बुझाउन विर्तामोड आएका थीरप्रसाद सापकोटा विहान ५ बजेदेखि पानीको भरमा लाइनमा बसेका थिए ।

ताप्लेजुङ फूलबारी ८ की देविका सिटौलाले गत साल ११ घन्टा लगाएर फारम भरेको बताइन् । यसपाली पनि कोरियाको सपना लिएर विर्तामोडमा कोठा लिएर कोरियन भाषा सिकेको उनले सुनाइन् ।

आगामी जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन बुधबारदेखि खुल्ला गरेपछि बैंकहरुमा कोरिया जानका लागि इच्छुकहरुको भीड लागेको हो । भाषा परीक्षाका लागि बुधबारदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ ।

आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने व्यवस्था छ ।

भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने बताइएको छ । आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।

सन् २०१८ मा उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार कोरिया जान पाउने छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भद्रपुरकी रूपाकाे जीवन बचाउन एकजुट हुँदै युवा, सहयाेग गर्न सबैमा अाग्रह

Read More →