Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

रुसको क्षेप्यास्त्र परीक्षणस्थलमा बिस्फोट, पाँचजना कर्मचारीकाे ज्यान गयाे

2019/08/10,   खबरमञ्च,   at 1:52 PM

By   /  August 10, 2019  /  Comments Off on रुसको क्षेप्यास्त्र परीक्षणस्थलमा बिस्फोट, पाँचजना कर्मचारीकाे ज्यान गयाे

    Print       Email

रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा त्यहाँ कार्यरत पाँच जना कर्मचारीको ज्यान गएकाे छ ।

तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त घट्ना भएको रुसी आणविक विभाग (रोसाटोम)ले जनाएको छ।  यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो।

रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको मृत्यु भएको र अरु तीन जना घाइते भएको उल्लेख गरिएकाे छ ।

रोसाटोमले मृत्यु भएका र घाइतेहरुको शरीर परीक्षण र उपचारका लागि राजधानी मस्को ल्याइएको जनाएको छ। एजेन्सी

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भुटानको दुई दिने औपचारिक भ्रमणका लागि मोदी थिम्पुमा

Read More →