Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

रुप ज्योति र उनकी छोरीलाई हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्राचार

२९ कार्तिक,   खबरमञ्च,   at 2:59 PM

By   /  November 15, 2019  /  Comments Off on रुप ज्योति र उनकी छोरीलाई हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्राचार

    Print       Email

 

काठमाडौं । पूर्व अर्थराज्यमन्त्री एवं चर्चित व्यवसायी डा। रुप ज्योति र उनीकी छोरी सुरुची ज्योतिललाई हाजिर जमानीमा छाड्न जिल्ला सरकारी वकिल कार्यालयले महानगरीय प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

ज्योतिविरुद्ध हाल कुनै पनि मुद्दा चलाउनु नपर्ने निश्कर्षमा पुगेको सरकारी वकिलकार्यालयले ज्योति र उनकी छोरीलाई थुनामा राख्न नपर्ने भन्दै छाड्न पत्रकार गरेको हो ।

ज्योति प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वहिल कार्यालयमा बुझाएको प्रतिवेदन अध्ययनपछि हाल ज्योतिविरुद्ध मुद्दा चलाउने अवस्था नदेखिएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनाल बताए । यो संगै मुद्दा निकासाका लागि उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाइएको छ ।

प्रहरीले कार्तिक २१ गते रुप ज्योति र उहाँकी छोरी सुरुचिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।

ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘विहीबार सार्वजनिक विदा छैन’

Read More →