Loading...
You are here:  Home  >  समाज  >  Current Article

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु

२९ पुस,   खबरमञ्च,   at 11:18 AM

By   /  January 13, 2019  /  Comments Off on रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु

    Print       Email

भैरहवा । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ ।  मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको छ ।

तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →