Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी

२१ कार्तिक,   खबरमञ्च,   at 4:30 PM

By   /  November 7, 2019  /  Comments Off on ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी

    Print       Email

 

काठमाडौं ।  ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी भएको छ। बिहीबार शिक्षा मन्त्रालयमा आयोजित विशेष कार्यक्रमका बीच ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी गरिएको हो।

गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले लामो गृहकार्यपछि तयार भएको शिक्षा नीतिलाई पारित गरेको हो।

सरकारले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो। राष्ट्रिय शिक्षा नीति जारी भएसँगै अब पालिका तहमा पनि शिक्षा ऐन बनाउन सहज हुने  छ।

राष्ट्रिय शिक्षा नीतिमा कम्पनी ऐनअन्तर्गत सञ्चालित निजी लगानीका विद्यालयहरुलाई संक्रमणकालीन व्यवस्थापनका रूपमा गैरनाफामुखी सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने र आउँदो एक दशकभित्र कम्पनी, सहकारी, गुठीलगायतबाट सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई एउटै साझा ढाँचामा ल्याउने व्यवस्था समेटिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धर्मकान्त बाँस्कोटा त्रिविको उपकुलपति नियुक्त

Read More →