Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को विधिवत सुरुवात

१५ मंसिर,   खबरमञ्च,   at 6:06 PM

By   /  December 1, 2019  /  Comments Off on राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को विधिवत सुरुवात

    Print       Email

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)कोआइतबार साँझ विधिवत सुरुवात भएको छ।

काठमाडौंको दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले उक्त खेलकुद प्रतियोगिताको सुरुवात गरेकी हुन्।

सागको उद्घाटन समारोह हेर्न आएकाहरुले प्याराफिट भरिएको छ।

रंगशालामा भीभीआईपी, भीआईपी, सर्वसाधारण, पत्रकार लगायतलाई छुट्टाछुट्टै बस्ने स्थानको व्यवस्था गरिएको छ। रंगशाला बाहिर पनि मानिसहरुको भीड छ।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा प्रवेश निशुल्क भनिए पनि पास बिना छिर्न दिइएको छैन।

निशुल्क प्रवेश पाउने आशले आएका दर्शक रंगशालाको मुलगेट बाहिरै रोकिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साग महिला भलिबलः नेपाल उपविजेतामा सीमित

Read More →