Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन

२३ माघ,   खबरमञ्च,   at 5:07 PM

By   /  February 6, 2019  /  Comments Off on राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन

    Print       Email

काठमाडौं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

खगराज अधिकारी संयोजक रहेको उपसमितिमा अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौधरी सदस्य छन् ।

१५ दिनभित्र सो प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

उक्त अस्पतालका कर्मचारीहरु आन्दोलित हुँदा स्वास्थ्य उपचार गर्न आएका विरामीहरु मारमा परेका छन ।

विरामीको उपचार सेवा सूचारु गराउन तथा अस्पतालमा देखिएका सबै बेथिति हटाउन प्रतिष्ठानको समस्या अध्ययन गरी समितिमा समाधानका उपायसहितको प्रतिवेदन पेश गर्न उपसमिति बनाउनु परेको समितिकी सभापति जयपुरी घर्तीले बताइन ।

बैठकमा समितिका सदस्यहरुले प्रतिष्ठानका पदाधिकारीले स्वास्थ्य सेवामा प्रतिकूल प्रभाव पर्नेगरी जथाभावी निर्णय गरेकाले त्यसलाई रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरकारले जनताको चाहना र अपेक्षाअनुसार सेवा र सुविधा दिन सक्नुपर्छ : डा महत

Read More →