
काठमाडौं । वरिष्ठ पत्रकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो ।
निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कसजुको आईसीयूमा उपचार भइरहेको थियो ।
कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।