Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

‘रन्जु दर्शना !! अहिले तिम्रो पढने बेला हो’

बैसाख १७,   किरण खनाल,   at 2:42 PM

By   /  April 30, 2017  /  Comments Off on ‘रन्जु दर्शना !! अहिले तिम्रो पढने बेला हो’

    Print       Email

प्रिय बहिनी रन्जु दर्शना !!

भोलि सायद उम्मेदवार दर्ता गर्ने दिन होला आज रातभर सोच र उम्मेद्बारी दर्ता नगराउ । तिमीलाई लाग्दै होला मेरो चुनावी गतिविधिको भोलिदेखि अर्को गियर थप्ने दिन ।

मेरो गति अरु उमेदवारको भन्दा गतिशील र गतिलो छ त्यसैले मेरो गतिलाई रोक्नुपर्छ भन्ने तपाई को हो ?

बहिनी तिमी २१ बर्ष बल्ल पुग्दैछौ । म २६ पुगे मैले पनि राजनीति गरेको कक्षा ११ पढ्न थालेदेखि, यसको मतलब ११ बर्षनै भयो । मैले येसो भन्दा ११ बर्षमा के गरिस् भनौली अनि तिम्रा साथीहरूले अनि उज्ज्वल दाइ, पुकार दाइहरुले मेरो कुरालाई तितो मान्नुहोला ।

तर पनि बहिनी म आज तिमीलाई भन्दै छु । डा. गोबिन्द केसी अनशन बस्दा हामी भन्दा पहिला तिमी पुग्थौ मलाई त्यतिबेलै थाहा भएको राजनीतिमा तिम्रो भबिस्य छ भनेर तर यो उमेरमा होइन ।

मैले यसो भनिरहँदा तिमी भनौली ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण कति बर्षमा सुरु गरेका थिए र राजनीति गर्ने उमेर कति हो ‘ ? यसैमा मेरो प्रश्न बहिनीलाई त्यो बेलाको समय र आजको समय मिल्छ ?

त्यो बेला मानिसको औसत पढाइ कति हो आज कति छ रुरु मेरो मतलब आजको दिनमा ब्याचलर पढ्दा पढ्दै तिमी पूर्णकालिन राजनीतिमा आउने बाँकी अध्ययन तिमीले सँधै रट लगाइरहेका पत्रु नेता र तिमीमा के फरक भयो ??

७० को चुनावमा उज्वल दाइ, पुकार दाइ एक एक निर्वाचन क्षेत्रमा चुनाव लडिरहँदा एउटा सकारात्मक अर्थ थियो । तर आज तिम्रो कलिलो उमेरको उम्मेद्बारीले खास अर्थ नलाग्ने हुँदा तिमीलाइ फिर्ता लिन अनुरोध गर्छु त्यो पनि देशको केन्द्र काठमाडौ महानगरमा ।

म पनि आजको दिनमा झापाको गाउँमा छु । र युवा उमेदवारको पक्षमा बहस गरिरहेको छु तर योग्यता र क्षमताको आधारमा यसो भन्दा तिमी भनौली संविधानले २१ बर्ष भनेको छ किन योग्य भइन म ?

बहिनी, हो परिवर्तनको संवाहक हामी युवानै हौ तर आउने स्थानीय निकाय २० बर्षपछि हुनलागेको भएर र संविधान कार्यान्वयनको जग समेत भएकोले एउटा काम गर्ने पुस्ता ९३०-४० बर्ष उमेर समूह० जो २० बर्ष चुनाव नहुँदा उनीहरुका योजना, इच्छाहरु थिचिएर, कोचिएर हामीले देख्न पाएका छैनौं ।

त्यसैले बहिनी रन्जु बिहानै पोखरा बाट महेश भण्डारी दाजुको स्टाट्स लाई समर्थन गर्दै भन्न चाहान्छु । यो पढ्ने उमेरमा पढ ५ बर्षपछि पुर्णकालिन राजनीतिमा लाग । तिमीलाई साथ दिने दाइ झापाबाट किरण खनालको आग्रह छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लालबाबु पण्डितका काम भन्दा कुरै ठूला !

Read More →