Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

रकम भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएकाले उखु किसानलाई घर फर्कन मन्त्री भट्टको आग्रह

१७ पुस,   खबरमञ्च,   at 2:57 PM

By   /  January 2, 2020  /  Comments Off on रकम भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएकाले उखु किसानलाई घर फर्कन मन्त्री भट्टको आग्रह

    Print       Email

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माइतीघरमा आन्दोलन गरेका उखु किसानलाई घर फर्कन आग्रह गरेका छन्। किसानको रकम भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिइसकिएकाले किसानलाई घर फर्कन उनले आग्रह गरेका हुन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर बोल्दै सरकारका तर्फबाट मन्त्री भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा आफै उपस्थित हुने प्रतिवद्धता जनाए।

अन्नपुर्ण सुगर र इन्दिरा सुगर मिलका सञ्चालक राकेश कुमार अग्रवाल मन्त्रालयको टेलिफोन सम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिलले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बकौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको मन्त्री भट्टले जानकारी दिए।

त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको उनले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला, महासचिवमा बस्नेत

Read More →