Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

योगेश राजको ‘रणहार’लाई यस वर्षको मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार

१ भदाै,   खबरमञ्च डेस्क,   at 5:04 PM

By   /  August 18, 2019  /  Comments Off on योगेश राजको ‘रणहार’लाई यस वर्षको मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार

    Print       Email

 

काठमाडौँ । यस वर्षको मदन पुरस्कार साहित्यकार योगेश राजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो ।

त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन् ।

सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई मदन पुरस्कारका लागि गुठीले सम्भावित कृतिको सूचीमा राखेको थियो । गुठीलाई प्राप्त भएका २५७ कृतिहरुबाट ती कृति छानिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बहुविवाह मुद्दामा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्याे

Read More →