Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

यसोदा फुड्सले गर्यो थोक विक्रेताको सम्मेलन

८ फागुन,   खबरमञ्च,   at 10:57 AM

By   /  February 20, 2018  /  Comments Off on यसोदा फुड्सले गर्यो थोक विक्रेताको सम्मेलन

    Print       Email

विर्तामोड । यसोदा फुड्स प्रालिले सोमबार उसका उत्पादन विक्री गर्ने थोक विक्रेताहरुको सम्मेलन गरेको छ। झापाको विर्तामोडमा रहेको आदर्श ब्याङ्केटमा आयोजित उक्त सम्मेलनमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।

yasoda foods 1

उक्त कार्यक्रममा झापाका थोक विक्रेताहरुको बाक्लो उपस्थिति रहेको थियो। यसोदा फुड्सको उत्पादनहरु ‘लाली’ तथा ‘करेन्ट’ चाउचाउको विक्रीलाई अझ बढी प्रभावकारी बनाउन थोक विक्रेताहरुको सम्मेलन गरिएको करेन्ट चाउचाउको विर्तामोडका डिलर राजन अधिकारीले बताए।

yasoda foods 2

उक्त कार्यक्रममा यसोदा फुड्सका विशेषताका बारेमा कम्पनीका निर्देशक कमल मालपानी, प्रवन्ध निर्देशक चुन्न पौडेल लगायतले प्रस्ट्याएका थिए। यसोदा फुड्सले यस अघि पनि विभिन्न स्थानमा विभिन्न कलाकारलाई ल्याएर प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडमा खुल्यो ‘वुमनत्रा’, सुनरहित गहना तथा महिलाका सामाग्रीका लागि उत्कृष्ट गन्तव्य

Read More →