Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

यति एयरलाइन्सले ल्यायो पाँचौं एटिआर-७२ विमान

११ साउन,   खबरमञ्च,   at 5:50 PM

By   /  July 27, 2019  /  Comments Off on यति एयरलाइन्सले ल्यायो पाँचौं एटिआर-७२ विमान

    Print       Email

काठमाडौं । यती एअरलाइन्सको पाचौं एटीआर काठमाडौं आईपुगेको छ । आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा यतीले पाचौं एटीआर ७२-५०० विमान भित्र्याएको हो  । यो ७२ सिट क्षमताको आधुनिक विमान हो ।

उत्पादन क्रम संख्या एमएसएन ७४० तथा नेपाली कलसाइन ९ एन एएनजी रहेको बिमान शनिबार थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।

पर्यटन वर्ष २०२० मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।

एटीआर ७२-५०० विमान एक फ्रान्सेली-इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको गजबको निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सफल क्षेत्रीय क्यारियर बनेको छ । यसले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

एटीआर ७२-५०० विमान दुई प्राट एण्ड व्हिट्नी पी डब्लु १२७ इन्जिनबाट चल्छ । ह्यामिल्टन स्टान्डर्ड कम्पोजिट प्रोपेलरहरुबाट सुसज्जित छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढायो

Read More →