Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मेरो स्वास्थ्य अवस्था सामान्य छः प्रधानमन्त्री ओली

२७ साउन,   खबरमञ्च,   at 3:21 PM

By   /  August 12, 2019  /  Comments Off on मेरो स्वास्थ्य अवस्था सामान्य छः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं । सिंगापुरमा स्वास्थ्य परिक्षण गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै प्रतिक्रिया नजनाएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु।’

उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन्। ट्विटमा उनले भनेका छन्, ‘मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।’

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

द्वन्द्वको घाउ निको हुन अझै केही समय लाग्छः राष्ट्रपति भण्डारी

Read More →