Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मेचीनगरकाे बजेट एक अर्ब ३२ लाख

पुस २७,   खबरमञ्च,   at 8:43 PM

By   /  January 11, 2018  /  Comments Off on मेचीनगरकाे बजेट एक अर्ब ३२ लाख

    Print       Email

Image result for मेचीनगर नगरपालिकाले

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि  एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट  ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट  दुई करोड सात लाख ११ हजार ९४४ विनियोजन गरिएको छ ।

यसैगरी, खर्चतर्फ प्रशासनिक उपभोग शीर्षकमा  १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा  ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ ।

खर्चमा हरेक वडालाई रु एक करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ‘मगमग’ चाउचाउ उद्योग सन्चालनमा

Read More →