Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

मूर्ति बिसर्जनकाे विषयमा विवाद, कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

४ कार्तिक,   खबरमञ्च,   at 7:26 PM

By   /  October 21, 2018  /  Comments Off on मूर्ति बिसर्जनकाे विषयमा विवाद, कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

    Print       Email

कपिलवस्तु । दुर्गा मूर्ति बिसर्जनका क्रममा भएको विवाद समाधान नभएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएकाे हाे । त्यस क्षेत्रमा घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न राेक लगाइएकाे छ ।

प्रशासनले कृष्णनगर नगरपालिकाको पूर्वमा सेमरा गाँउ, पश्चिममा झण्डेनगर सिर्सिहवा चाेक, उत्तरमा कृष्णनगर नगरपालिका १ शिवनगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदबाट बर्खास्त

Read More →