Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मुम्बईमा बनाइएको थियो बैंकबाट पैसा लुट्ने योजनाः प्रहरी

८ असोज,   खबरमञ्च,   at 7:00 PM

By   /  September 25, 2019  /  Comments Off on मुम्बईमा बनाइएको थियो बैंकबाट पैसा लुट्ने योजनाः प्रहरी

    Print       Email

काठमाडौं । सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट पैसा लुट्नेमा विदेशीको हात रहेको अनुसन्धानमा खटिएका प्रहरीका अधिकारीले बताएका छन्।

प्रहरीले जनाए अनुसार ‘काले’ भन्ने ‘पिटर’ ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको हो।

उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ।

उनले  नेपाली नागरिकहरुलाई प्रयोग गरि कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा ‘क्रेडिन्सियल ह्याकिङ’ गरेका थिए ।

उनकै योजनामा रकम निकाली रहेको अवस्थामा पक्राउ परेका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार चोरी भएको छ। प्रहरीले पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ ह्याक भएको जनाएको छ।

उनीहरुबाट ४० लाख ५० हजार नगदसमेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सैनिक भर्नामा अनियमितताः चार सैनिकसहित २७ जनालाई सेनाले गर्‍यो कारवाही

Read More →