Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मुख्यमन्त्री राई उपचारका लागि बैंकक प्रस्थान

१६ कात्तिक,   खबरमञ्च,   at 6:39 PM

By   /  November 2, 2018  /  Comments Off on मुख्यमन्त्री राई उपचारका लागि बैंकक प्रस्थान

    Print       Email

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् ।

दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

यसअघि उनले वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए ।

उनी कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उनको निजी खर्चमा हुने भनिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →