Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

मुख्यमन्त्री राईद्वारा हेलिकोप्टर दुर्घटनाप्रति शोक व्यक्त

१५ फागुन,   खबरमञ्च,   at 10:10 PM

By   /  February 27, 2019  /  Comments Off on मुख्यमन्त्री राईद्वारा हेलिकोप्टर दुर्घटनाप्रति शोक व्यक्त

    Print       Email

विराटनगर (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना मृत्युबाट आफू दुःखी भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले सन्देशमा विद्यार्थी जीवन हुँदै सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्नु भएको अन्त्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको र दुर्घटनाबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको सन्देशमा उल्लेख गरिएको छ ।

सन्देशमा मुख्यमन्त्री राईले दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विराटनगरमा राजधानी राख्ने निर्णयबिरुद्ध धनकुटामा आन्दोलन घोषणा

Read More →