Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मिस वर्ल्डकाे फाइनल आज, रच्लिन त शृङ्खला खतिवडाले इतिहास ?

२२ मंसिर,   खबरमञ्च,   at 1:47 PM

By   /  December 8, 2018  /  Comments Off on मिस वर्ल्डकाे फाइनल आज, रच्लिन त शृङ्खला खतिवडाले इतिहास ?

    Print       Email

काठमाडौं । चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड  प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ ।

प्रतियोगितामा नेपालकी शृङ्खला खतिवडाले समेत प्रतिस्पर्धा गर्दै छिन् ।

एक महिनादेखि विभिन्न विधामा भइरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ शृङ्खला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छन् ।

आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ ।

शृङ्खलाले मिस वर्ल्डको ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड जितेकी छन् ।

२३ वर्षिया शृङ्खलाले ललितपुरको पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छन् ।

राजनीतिक पृष्ठभूमी र अध्ययनमा अब्बल भएका कारण पनि शृङ्खलाले मिस वल्र्डमा नेपाललाई कुनै न कुनै उपाधि जिताउने आशा गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

Read More →