Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मिस झापा कलेज डिभा २०१९ को उपाधि बिर्तामोडकी सोनिका राजबंशीलाई

१३ फागुन,   खबरमञ्च,   at 3:54 PM

By   /  February 25, 2019  /  Comments Off on मिस झापा कलेज डिभा २०१९ को उपाधि बिर्तामोडकी सोनिका राजबंशीलाई

    Print       Email

बिर्तामोड । हिमाअस मिस झापा कलेज डिभा २०१९ को उपाधि झापा बिर्तामोडकी सोनिका राजबंशीले जितेकी छिन् ।

नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ भन्ने निर्णायको प्रश्नको उत्कृष्ट उत्तर दिँदै बिर्तामोडको देवी उच्चमाविमा मानविकी संकाय कक्षा १२ मा अध्ययनरत राजबंशीले ११ जना फाइनालिष्टलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

विजेता राजबंशीले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पार्दै ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाण्डौ वा बिर्तामोडको गोमेन्द्र कलेजमा निशुल्क स्नातक तह अध्ययन् गर्ने अवसर पनि पाएकी छिन् ।

त्यसैगरि हिमाअस मिस झापा कलेज डिभा २०१९ को फस्ट रनर अप देवी उच्च मावि बिर्तामोडमै विज्ञान संकाय कक्षा १२ मा अध्ययनरत भद्रपूर ३ कि कामना नेपालले नगद् २० हजार रुपैयाँ, सेकेन्ड रनर अप कोहेड कलेज बिर्तामोडमा मेनेजमेन्ट संकाय कक्षा १२ मा अध्ययनरत हल्दिबारी १ कि रोसिका सापकोटाले नगद १५ हजार रुपैँया सहित सोही कलेजमा निशुल्क पढ्ने अवसर पाएकी छिन् ।

ग्लोबल इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा कलेजमा अध्ययनरत छात्राहरुको व्याक्तिगत विकास र समाजमा थप जिम्मेवारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रबन्धक निर्देशक कमल न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्नी लियोनी बिहीबार नेपाल आउने

Read More →