Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मिल सञ्चालक कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न कांग्रेसको निर्देशन

१८ पुस,   खबरमञ्च,   at 6:07 PM

By   /  January 3, 2020  /  Comments Off on मिल सञ्चालक कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न कांग्रेसको निर्देशन

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसले महालक्ष्मी सुगर मिलका सन्चालक वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न निर्देशन दिएको छ ।

प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्यसमेत रहेका उनलाई यही पुस २५ गतेभित्र किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिइएको हो ।

कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य बनेका कनोडियालाई सो मितिभित्र किसानको रकम भुक्तानी गरेर त्यसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउन भनिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शमाले शुक्रबार दिउँसो ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘श्री वीरेन्द्र कनोडिया, सांसद, प्रदेश ५ । उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सोको जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ’–प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सभामुखको निर्वाचन माघ १२ गते

Read More →