Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

माल्दिभ्स विरुद्ध भारतको गोल बर्षा

२९ फागुन,   खबरमञ्च,   at 8:52 PM

By   /  March 13, 2019  /  Comments Off on माल्दिभ्स विरुद्ध भारतको गोल बर्षा

    Print       Email

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि सहज जित हासिल गरेको छ ।

बुधबार भएको समूह ‘बी’को खेलमा भारत ६–० ले विजयी भएको हो ।

भारतले मध्यान्तरअघि ५ तथा मध्यान्तरपछि एक गोल गरेको थियो ।

अहिलेसम्म भएका संस्करणमा अपराजित भारतको यो २०औं अपराजित खेल हो ।

भारतका लागि सञ्जुले २ गोल गर्दा ग्रेस डाङमी, सन्धिया रंगथनाथ, इन्दुमती काथिरसेन र रतनबाला देवीले एक/एक गोल गरे ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० गोलको जित दर्ता गरेको थियो ।

नेपालले चैत २ गते समूहको आफ्नो अन्तिम खेलमा बंगलादेशसित प्रतिस्पर्धा गर्नेछ ।

बिहीबारको खेलमा भुटान र बंगलादेश खेल्नेछन् ।

भुटानले पहिलो खेलमा नेपालसित पराजय व्यहोर्दा बंगलादेशले पहिलो खेल खेल्दैछ । यो खेलमा बंगलादेश विजयी भए नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्

Read More →