Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गरेकाे भन्दै मनसा सिमेन्ट उद्योग कारवाहीमा

३ चैत,   रासस,   at 9:49 PM

By   /  March 17, 2019  /  Comments Off on मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गरेकाे भन्दै मनसा सिमेन्ट उद्योग कारवाहीमा

    Print       Email

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकाले आज कारवाहीको सिफारिश गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको मान नेपाल गुणस्तरअनुरुप नभएकाले कारवाहीका लागि विभागले सिफारिश गरेको जानकारी दिए । “अनुगनमका क्रममा नेपाल गुणस्तर ऐन विपरीत भेटिएको जो कोही कम्पनीलाई पनि कारवाही गर्दै आएका छौँ,” उनले भने ।

विभागले उक्त सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावलीको दफा १६ अनुसार कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

उर्जामन्त्री पुनले गरे माथिल्लो तामाकोशी निरिक्षण , मंसिरभित्र आयोजना सम्पन्न हुने

Read More →