Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

माघ १८ र १९ मा नेपाल र भारतका साहित्यकार झापामा भेला हुँदै

१४ माघ,   खबरमञ्च,   at 8:03 PM

By   /  January 28, 2019  /  Comments Off on माघ १८ र १९ मा नेपाल र भारतका साहित्यकार झापामा भेला हुँदै

    Print       Email

विर्तामोड । आगामी माघ १८ र १९ गते नेपाल र भारतका नेपाली साहित्यकारहरु झापामा भेला हुँदैछन्। भवानी घिमिरे साहित्य प्रतिष्ठानले झापाको विर्तामोडमा आयोजना गर्न लागेको मितेरी साहित्यिक सम्मेलनका लागि उनीहरु झापा आउने भएका हुन्।

भारतबाट २५ जना र झापा बाहिरका १ सय ५० जना साहित्यकारको उक्त सम्मेलनमा सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरोज ओलीले जानकारी दिए। उक्त कार्यक्रमको माघ १८ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका उपाध्यक्ष साहित्यकार कृष्ण धरावासीले जानकारी दिए।

उनले भने, ‘साहित्यकार भवानी घिमिरेले झापामै बसेर नेपाल र भारतका साहित्यकारहरुलाई जोड्ने काम गरेकाले यो काम हामीले झापामा नै गर्ने निर्णय गरेका हौं।’

सम्मेलनमा नेपाल र भारतका साहित्यकारहरुले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्का अतिरिक्त विचार गोष्ठी तथा कवि गोष्ठीको आयोजना गरिने प्रतिष्ठानकी सदस्य धर्मशीला चापागाईंले बताइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्नी लियोनी बिहीबार नेपाल आउने

Read More →