Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘महिला कामदार पहिलाकै काम र देशमा जान पुनः श्रम स्वीकृतीको व्यवस्था गरियोस्’

२८ साउन,   खबरमञ्च,   at 2:32 PM

By   /  August 13, 2019  /  Comments Off on ‘महिला कामदार पहिलाकै काम र देशमा जान पुनः श्रम स्वीकृतीको व्यवस्था गरियोस्’

    Print       Email

काठमाडौं । प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेनले खाडी तथा विभिन्न मुलुकमा कामदारका रुपमा रहेका नेपाली महिलाहरुका लागि पुनः श्रम स्वीकृती दिने व्यवस्था गर्न सरकारसंग आग्रह गरेका छन्।

मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद लिङदेनले नेपाली महिला कामदार धेरै बर्षदेखि खाडी मुलुकमा रहेका तर नेपाल आउन नपाएको बताए। ती महिलाले पुनः श्रम स्वीकृती नपाउने भएकाले नेपाल नआएको उनले बताए।

उनले भने, ‘केही दिन अघि संयुक्त अरब एमिरेट्स गएका बेला मैले धेरै घर आउन नपाएका महिला भेटें। पुनः युएइ आउन श्रम स्वीकृती नपाउने भएकाले धेरै महिलाहरु धेरै बर्षदेखि त्यहाँ छन्। उनीहरुका लागि पहिलाकै काम र देशमा जाने अनुमति दिँदै श्रम स्वीकृतीको व्यवस्था मिलाइयोस्।’

सांसद लिङदेनले नेपाल आए पनि उनीहरुले अन्य मुलुकको बाटो हुँदै पुनः काम गर्ने देश जान धेरै कष्ट बेहोर्नु परेकाले पुनः श्रम स्वीकृतीको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

द्वन्द्वको घाउ निको हुन अझै केही समय लाग्छः राष्ट्रपति भण्डारी

Read More →