Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

महान्यायाधिवक्ता खरेलकाे चिन्ता: कारागारमा केदीकाे अवस्था चिन्ताजनक छ, सांसदज्यूहरुले केही गर्नुपर्याे

२० कार्तिक,   खबरमञ्च,   at 1:43 PM

By   /  November 6, 2019  /  Comments Off on महान्यायाधिवक्ता खरेलकाे चिन्ता: कारागारमा केदीकाे अवस्था चिन्ताजनक छ, सांसदज्यूहरुले केही गर्नुपर्याे

    Print       Email

 

काठमाडाैं । महान्यायाधिवक्ता अग्नी खरेलले कारगारमा रहेका कैदी बन्दीकाे अवस्था दयनीय रहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिकाे बुधवारकाे बैठकमा बाल्दै महान्यायाधिवक्ता खरेलले संविधानले दिएकाे अधिकार बमाेजिम कारागार निरीक्षणका क्रममा नेपालका अधिकांश कारागारकाे अवस्था दयनीय रहेकाे देखिएकाे बताए ।

उनले क्षमता भन्दा बढी कैदी बन्दी राखेर समस्या उत्पन्न भएकाे पनि बताए ।

प्युठान कारागारकाे उदाहरण दिँदै उनले भने,” त्याे कारागारकाे क्षमता ४५ जनाकाे हाे, तर ७५ जना कैदी बन्दी राखिएकाे छ,” उनले अगाडि भने,” त्यहाँकाे अवस्था यतप दयनीय छ कि ठूलाे हाेइन ४ रेक्टरकाे भूकम्प मात्र आयाे भने पनि त्याे कारागार भत्किन्छ ।”

उनले आफूहरुले अनुगमन गरेका २४ वटा कारागारहरुमा क्षमता भन्दा करीब दुई गुणा बढी कैदी रहेकाे पाइएकाे पनि बताए ।

“हामीसंग राज्य छ, तर बन्दीकाे अवस्था किन यस्ताे? उनीहरुलाई त कानून बमाेजिम सजाय दिइएकाे हाे , तर किन यति हेला ? उनीहरुलाई मानवीय व्यवहार गर्नु पर्दैन ?”

कारागारलाई सुधार गृहकाे रुपमा विकास गर्ने गरि काम गरे मात्र बाहिर निस्किएपछि उनीहरु समाजमा घुलमिल हुन सक्ने बताए । उनले थुनामा रहेका कैदिले न्युनतम मानव अधिकार उपभाेग गर्न पाउनु पर्ने भन्दै सांसदहरुले त्यसका लागि पहल कदमी लिनु पर्ने बताए ।

“तपाईंहरु मध्ये धेरै जना कारागार बसेर अाउनु भएकाे छ, तपाईहरुलाई हाम्रा कारागारकाे अवस्था राम्राे थाहा छ, अब तिनीहरुलाई त्यस्तै राख्ने कि बनाउने तपाईहरुकाे जिम्मा,” उनले भने।

नेपालकाे संविधानकाे धारा १५८ हिरासत र त्यहाँ रहेका व्यक्तिकाे अधिकार र अवस्थाकाे नीरिक्षण र अनुगमन गरि सम्बन्धित निकायलाई निर्देशन दिने अधिकार महान्यायाधिवक्तालाई दिएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →