Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

९ चैत,   खबरमञ्च,   at 6:32 PM

By   /  March 23, 2019  /  Comments Off on महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका छन् ।

‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने बताएका छन् । ‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिले महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।’

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री  भइसकेका नेता खनालको सृजनसिलताको प्रशंसा गरेका छन् । ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यती राम्रो सृजना गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उनको सृजनशिलता धेरै जनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ ।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →