Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

महरालाई थुनामा राखेर मुद्दा अगाडि बढाउन अदालतको आदेश

१८ कात्तिक,   खबरमञ्च,   at 5:13 PM

By   /  November 4, 2019  /  Comments Off on महरालाई थुनामा राखेर मुद्दा अगाडि बढाउन अदालतको आदेश

    Print       Email

काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो।

महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सोमबार सकिएको हो।

थुनछेक बहस पूर्वसभामुख महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, शेर बहादुर केसी, सबिता भण्डारी र कृष्ण सापकोटाले बहस गरेका थिए। यसअघि आइतबार महराकै पक्षमा अधिवक्ताहरु लव मैनाली र भोजराज आचार्यले समेत बहस गरेका थिए।

थुनछेक बहसमा महराविरुद्ध किटानी जाहेरी दिने रोहनी शाही समेत अदालतमा उपस्थित भएकी थिइन्।  इजलासमा रोशनी शाहीले बोल्‍ने अनुमति मागेकी थिइन्। तर जिल्ला न्यायाधीश  सुर्दशनराज पाण्डेले शाहीलाई बोल्‍न दिएनन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →