Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

महरा प्रकरणमा प्रधानमन्त्रीकाे उवाचः आचरण बिगार्ने कसैलाई छाड्दिन

२० असाेज,   खबरमञ्च,   at 6:40 PM

By   /  October 7, 2019  /  Comments Off on महरा प्रकरणमा प्रधानमन्त्रीकाे उवाचः आचरण बिगार्ने कसैलाई छाड्दिन

    Print       Email

दमक ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गलत व्यवहार र आचरण विगार्ने कसैलाई पनि नछाड्ने प्रष्ट पारेका छन् ।

झापाको दमकमा आफैले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा प्रधानमन्त्री ओलीले नराम्रो काम गर्ने कसैको पनि मुख नहेर्ने बताए ।

यौनप्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको नामै नलिइ उनले जस्तो सुकै पदमा भएको भएपनि नराम्रो काम आफूले नसहने बताए

“यो सरकारले भ्रष्टाचार नैतिक आचरण नभएका जो कोही भएपनि  कारवाही गर्छ, जुन सुकै हैसियतमा भए पनि हामी छाड्दैनौं,” उनले भने  ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासमा किटानी जाहेरी दिएपछि महरालाइ प्रहरीले हिजाेनै सरकारी निवास बालुवाटारबाट पक्राउ गरिसकेकाे छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →