Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मलाई बदनाम गराइयाे, वाइडबडी प्रकरणमा मेराे संलग्नता छैन: मन्त्री अधिकारी

२३ पुस,   खबरमञ्च,   at 11:22 AM

By   /  January 7, 2019  /  Comments Off on मलाई बदनाम गराइयाे, वाइडबडी प्रकरणमा मेराे संलग्नता छैन: मन्त्री अधिकारी

    Print       Email

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा आफ्नाे कुनै संलग्नता नरहेकाे प्रष्टिकरण दिएका छन् ।

वाइडबडी प्रकरणमा नाम मुछिएपछि निकै विवादमा तानिएका मन्त्री अधिकारीले साेमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेका हुन् ।

लेखा समितिको उपसमितिले अनुमान र पूर्वाग्रहको आधारमा आफ्नो नाम जोडेको उनले आराेप समेत लगाए ।

अधिकारीले भने, ‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ कतै र कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरुको अधिकत प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु,’ उनले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु।’

दोषी उम्कन नपाउने र निर्दोष बदनाम नहुने अवस्था हुनु हुँदैन भन्दै अधिकारीले यसमा जो सुकै संलग्न भएको भए कारबाही हुनुपर्ने बताए।

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो।

तर प्रतिवेदनमा केही भाषागत त्रुटि भएकाे भन्दै उपसमितिले आजनै संशाेधित प्रतिवेदन समितिमा बुझाउँदैछ । समितिले आजै आफ्नाे निर्णय सुनाउने बताइएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल स्टक एक्सचेञ्जद्वारा माथिल्लो तामाकोशीको आजको शेयर कारोवार रद्द

Read More →