Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

मर्यादित बनाउन खाेजेका हाै‌, फेसबुक चलाउन नपाउने हल्ला मात्रैः मन्त्री बाँस्काेटा

९ फागुन,   खबरमञ्च,   at 6:15 PM

By   /  February 21, 2019  /  Comments Off on मर्यादित बनाउन खाेजेका हाै‌, फेसबुक चलाउन नपाउने हल्ला मात्रैः मन्त्री बाँस्काेटा

    Print       Email

 

काठमाडाै‌ । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले सरकारले ल्याउन लागेकाे सूचना प्रविधि विधेयकले नागरिककाे कुनै पनि अधिकार कुण्ठित नगर्ने बताएका छन् ।

मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बाँस्काेटाले नागरिककाे अधिकार कुण्ठित हुने गरि सरकारले कुनै पनि कानून नल्याउने बताए ।

साथै उनले बाहिर आएजस्ताे विधेयक पास भएर कार्यान्वयनमा आए सामाजिक सञ्जाल चलाउन नपाउने भन्ने कुरामा गलत भएकाे पनि बताए । विधेयकमा सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने कुनै व्यवस्था नभएकाे पनि बताए ।

नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । “फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर गलत छ । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हाैं । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनाैं”, उनले भने ।

तर उनले नेपालमा सञ्चालनमा हुने सबैखाले सामाजिक सञ्जाल दर्ता गर्नैपर्ने व्यवस्था भने विधेयकमा राखिएकाे बताए ।

साइबर सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै गलत काम हुन नदिनेतर्फ लाग्नुपर्ने बताए । उनले आफ्नै अभ्यासका आधारमा सूचना प्रविधिसम्बन्धी विषयलाई थप व्यवस्थित र मर्यादित बनाउन खोजिएको उल्लेख गर्दै गलत तवरले भइरहेको प्रचारप्रति गुनासो गरे ।

सरकारले नेपाललाई डिजिटल युगमा रुपान्तरण गर्ने र अनाधिकृत रुपमा हुने प्रविधिकाे प्रयाेगलाई निरुत्साहित गर्ने भन्दै बुधवार प्रतिनिधिसभा बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइफोन ११ सिरिज सार्वजनिक

Read More →