Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

‘मदन आश्रितको हत्या पार्टी भित्रकै षड्यन्त्र हो’

३ जेठ,   पर्वतराज भण्डारी, सचिवालय सदस्य, युवासंघ नेपाल, मेची अञ्चल कमिटी,   at 2:07 PM

By   /  May 17, 2017  /  Comments Off on ‘मदन आश्रितको हत्या पार्टी भित्रकै षड्यन्त्र हो’

    Print       Email

आज जेष्ठ ३ गते | २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दाशढुंगास्थित त्रिसुली नदीमा षड्यन्त्रपूर्वक सवारी दुर्घटनामा परी नेकपा एमालेका तत्कालिन महासचिव जननेता कमरेड मदन कुमार भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको हत्या भएको दिन | हामीलाई थाहा छ, अव कसैले कमरेड मदन आश्रितको हत्यारा सार्वजनिक गर्ने छैनन् |

गफ मात्रै गर्नेछन् र जनता आफ्ना प्यारा नेताको शोकमा प्रत्येक बर्ष यसरीनै मनमा अनगिन्ती अनुत्तरित प्रश्नहरुसंग सवाल जवाफ गरिरहनेछन् |

सबै पात्रहरुलाई हेरेपछि, सुनेपछि सन्दर्भ सामाग्रीहरु ठम्याउँदा हामी एउटा निष्कर्षमा पुग्दछौँ | त्यो के भने, जननेताको हत्यामा पार्टी भित्रकै खलपात्रहरुको अत्यन्तै निकृष्ट स्वार्थ, देशभित्रका सबै प्रतिकृयाबादी शक्ति र बिदेशी बिस्तारबादी/ साम्राज्यबादीलगायत सबै अपराधिहरुको संयुक्त साँठगाँठमै यस किसिमको षड्यन्त्र सम्भव भएको हो |

यस तथ्यलाई आम जनताले महसुस गरेका छन् | धेरै खलपात्रहरुका हात कमरेड मदन आश्रितका खुनले लत्पत्तिएको प्रष्ट छ | त्यसैले कोही मुख खोल्न तैयार छैनन्, खोल्ने पनि छैनन् |

अब हामीले यो भन्दा ज्यादा बुझ्न पाउने पनि छैनौँ किनकि अपराधीहरुले एकपछि अर्को प्रमाण मेटाएका छन् र कतिपय प्रमाण समयसंगै मेटिँदैछन् |

म आज कमरेड मदनलाई सम्झदाँ फेरि एकपटक बिक्षिप्त बनेको छु | संसारको कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिबाट गुज्रिरहँदा हामीलाई जनताको बहुदलीय जनबादी कार्यक्रमको दिव्यदृष्टिबाट मार्क्सबादको सिर्जनात्मक प्रयोग र विकाशको दस्तावेज दिनुभयो |

जवजकै दृष्टिकोणवाट हेरिरहेका छौँ । हामी हाम्रो समाजलाई र यही दार्शनिक आधारमा टेकेर यो देशको समुन्नतिको शुत्रको खोजी, प्रयोग र बिकाशको प्रयास गरिरहेका छौँ | प्रतिक्रान्तिका खतरा आज पनि खुव पेचिला बनेर उभिएका छन् |

तर, आज हामी सबैखाले प्रतिकृयाबादी शक्तिहरुसंग जनताको बलियो उपस्थितिमा बिजयोन्मुख बनेर भिडिरहेका छौँ |

जनताको पक्षमा लड्ने देशभक्तहरु हो, ज्यान जोगाउ, बचेर लक्षतर्फ हिँड तर झुकेर होइन, लुकेर होइन |

निडर भएर, जनताका बिचमा उभिएर, आत्मरक्षा र प्रत्युत्तरको सवै प्रवन्ध गरेर |

यहि एउटा महत्वपूर्ण शिक्षा हो यस हत्याको | आज फेरी कमरेड मदनलाई सम्झँदा हामी शोकमा छौँ, तर मृत्युदेखि डराउन्नौँ र शोकलाइ शक्तिमा बदल्ने प्रण गर्दछौँ |

कमरेड मदन आश्रितको सम्झनामा गहिरो श्रद्धा र उच्च सम्मान ब्यक्त गर्दछु | हार्दिक अभिवादन सहित !

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो’

Read More →