Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

मजदुर आन्दोलनका कारण पाँच दिनदेखि पूर्वका चिया बगान बन्द

२१ चैत,   खबरमञ्च,   at 1:22 PM

By   /  April 4, 2019  /  Comments Off on मजदुर आन्दोलनका कारण पाँच दिनदेखि पूर्वका चिया बगान बन्द

    Print       Email

विर्तामोड । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै पाँच दिनदेखिको आन्दोलन जारी राखेका छन्।

नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आर्थिक वर्ष २०७५/७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन जारी राखेका हुन्।

अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले मजदूर र बगान मालिकबीच पटकपटक गरिएको वार्ता र छलफल निष्कर्षविहीन भएपछि बन्द हड्तालमा उत्रनु परेको बताइन्।

उनले कैयौँपटक व्यवसायी र सरकारको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेकाले मजदूरले अनिश्चितकालिन तालाबन्दीसहित आन्दोलन गर्नुपरेको बताइन्।

झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान तथा कारखानामा कार्यरत मजदूर एकैसाथ आन्दोलित बनेका छन्। मजदूरले आफू कार्यरत बगानमा औजारसहित प्रदर्शन तथा विरोधसभा कार्यक्रमहरु ठाउँ ठाउँमा गरिरहेका छन्।

तर चिया उद्योगीहरुले मजदुरको चिया उद्योगले धान्न नसक्ने बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने, ‘सरकार तथा मजदुर सबै लागेर चिया उद्योग सिद्याउने खेल भइरहेको छ। मजदुरका माग कुनै हालतमा पनि पूरा गर्न सकिँदैन।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भ्रष्टाचार काण्डमा प्रमुख सेनानी कार्की जेल चलान

Read More →