Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

मजदुरद्वारा चिया उद्योग अनिश्चितकालिन बन्द गर्ने चेतावनी

१३ चैत,   खबरमञ्च,   at 8:25 PM

By   /  March 27, 2019  /  Comments Off on मजदुरद्वारा चिया उद्योग अनिश्चितकालिन बन्द गर्ने चेतावनी

    Print       Email

विर्तामोड । चिया मजदुरले चिया उद्योग अनिश्चितकालिन चिया उद्योग बन्द गर्ने चेतावनी दिएका छन्।

नेपालबाट विदेश निर्यात हुने कृषिजन्य उत्पादनमध्ये प्रमुख भूमिका निर्वाह गर्ने चिया क्षेत्रमा फेरि मजदुरको पारीश्रमिकको लफडा उत्पन्न भएको छ।

पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुर ज्याला मजदुरीको विषयलाई लिएर फेरि आन्दोलित बनेका छन्।

सरकारले तोकेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र विमासहितको थप सेवा सुविधा नपाएको भन्दै चिया मजदुर आन्दोलित बनेका हुन्।

सरकारले लागू गरेको तलवसहितको सेवासुविधा बैंकबाट दिनुपर्ने, सञ्चयकोष र बर्षको २६ दिन विदा लगायतका सुबिधाको माग गर्दै झापाका चिया मजदुरहरुले केही महिना अघि विरोध प्रर्दशन गरेका थिए।

उनीहरुले चैत १७ गते देशभरका चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्नेदेखि औजार जुलुस र विभिन्न स्थानमा विरोध सभासम्मका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्।

‘चैत १७ गते सबै चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्छौं, दिउँसो झापाको चन्द्रगढीमा विरोधसभा गर्ने कार्यक्रम छ, अबको आन्दोलनको निष्कर्ष निकालेर मात्र रोकिन्छ,’ नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए।

सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दासम्म पाउन नसकेको उनको भनाई छ।

चिया बगान मालिकले सरकारी नियमको पालना नगरी चिया मजदुरमाथि विभेद गरेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले बताइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडमै पशु स्वास्थ्यका लागि प्रयोगशाला, धेरैलाई थाह छैन

Read More →