Loading...
You are here:  Home  >  समाज  >  Current Article

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १८ जना घाइते

२८ फागुन,   खबरमञ्च,   at 5:30 PM

By   /  March 12, 2019  /  Comments Off on मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १८ जना घाइते

    Print       Email

 

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नंम्बर २ मा आज जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।

मृत्युहुनेमा काभ्रे पाँचखाल लामिडाँडा घरभएका ३५ बर्षिय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षिय विकाश धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।

मृतकमध्ये धमला गाडीबाट बाहिर सडकमा उछिट्टिएर र परियार बसभित्रनै च्यापिएर मृत्यु भएको हो । घाईतेहरु सबैलाई हेटौंडामा उपचार गरिरहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घाईतेहरुमा १२ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ मा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भत्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा ५ पिप्लेमा दुलही अनुसा भट्टलाई लिनको लागि जन्ती आउनेक्रममा बस दुर्घटनामा परेको थियो ।

जन्ती बोकेर आएको तीन वटा बस मध्यमा सबै भन्दा पछाडीको बस दुर्घटनामा परेको हो । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन : मन्त्री थापा

Read More →