Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै

१७ मंसिर,   खबरमञ्च,   at 6:08 PM

By   /  December 3, 2018  /  Comments Off on भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै

    Print       Email

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै उनले भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख र उपप्रमुखले विशेष नापी टोली खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका थिए । मोरङका जनप्रतिनिधिले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न सासद घनश्याम खतिवडाको नेतृत्वमा टोली आएको प्रधानमन्त्री ओलीका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भूमि व्यवस्थामन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठन तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउँदैछौंः मन्त्री अर्याल

Read More →