Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

भूकम्प पीडितका लागि आएको बंगलादेशी चामल बिक्री भएन

१८ कार्तिक,   खबरमञ्च,   at 12:34 PM

By   /  November 4, 2018  /  Comments Off on भूकम्प पीडितका लागि आएको बंगलादेशी चामल बिक्री भएन

    Print       Email

झापा । विसं २०७२ मा गएको भूकम्पपछि पीडितको सहयोगका लागि भन्दै बंगलादेश सरकारले नेपाललाई उपलब्ध गराएको बंगलादेशी उसिना चामल बिक्री हुन सकेको छैन ।

झापाको बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालयबाट उक्त चामल धनगढीको खाद्य संस्थान हुँदै बाजुरामा आपूर्ति गरिएको थियो । बिक्री हुन नसक्दा कोल्टी डिपोमा सो चामल एक हजार क्विन्टल मौज्दात रहेको डिपोका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

“बंगलादेशी चामल बिक्री हुन नसक्दा तीन वर्षमा तीन पटक बिक्री मूल्य घटाउनु परेको छ,” उनले भने । शुरुआतमा उक्त चामलको मूल्य प्रतिकिलो रु ४१, त्यसपछि रु ३९ तोकिएकामा हाल बिक्री मूल्य रु ३२ तोकिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्व बै‌ंकसँग १८ अर्बको सम्झौता

Read More →