Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

भुपु पाण्डेको ‘लिला’ सार्वजनिक (भिडियोसहित)

१९ पुस,   खबरमञ्च,   at 7:44 AM

By   /  January 3, 2018  /  Comments Off on भुपु पाण्डेको ‘लिला’ सार्वजनिक (भिडियोसहित)

    Print       Email

झापा । अंग्रेजी नयाँ वर्ष २०१८को अवसरमा गायक भुपु पाण्डेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका चर्चित गायक पाण्डेको आवाजमा रहेको गीत ‘लिला’को भिडियो सार्वजनिक गरीएको हो । गीतमा विनय ढुङ्गेलको शव्द तथा गायक स्वयंको संगीत रहेको छ ।

‘लिला’लाई शुन्दर लाओतीले निर्देशन गरेका हुन् । एउटी शुन्दर युवतीमाथी गरीएको एसीड प्रहार र यसबाट निम्तिएको समस्यालाई म्युजिक भिडियोमा देखाउने प्रयास गरीएको निर्देशक लाओतीले बताए ।

भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र संगीता राईले अभिनय गरेका छन् । पुर्वको रमणीय जिल्ला झापामा भिडियोको छायाङ्कन गरीएको हो ।  एल्वम ‘मायावी’मा समावेश रहेको यस गीतलाई धेरैले मन पराएको र भिडियो पनि राम्रो बनेको गायक पाण्डेले बताए ।

दर्जनौ गीतहरुमा आवाज भरेका पाण्डेका प्राय सबै गीतहरु चर्चित छन् । ‘चम्पा’, ‘एसेप्ट गर’, ‘सुरुमै काम सोधे’ ‘राम्रीले वितायो’ लगायतका गीतहरु उनका चर्चा बटुल्न सफल गीतहरु हुन् ।

अर्जुन सापकोटाको छायाङ्कनमा तयार पारीएको यस म्युजिक भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् गीतः

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

Read More →