Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भुटानको दुई दिने औपचारिक भ्रमणका लागि मोदी थिम्पुमा

३२ साउन,   खबरमञ्च,   at 6:29 PM

By   /  August 17, 2019  /  Comments Off on भुटानको दुई दिने औपचारिक भ्रमणका लागि मोदी थिम्पुमा

    Print       Email

 

थिम्पु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक भुटानको दुई दिने औपचारिक भ्रमणका लागि शनिवार थिम्पु पुगेका छन्।

भारतीय वायु सेनाको विशेष विमानबाट उनी पारो विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई पारो विमानस्थलमा भुटानका प्रधानमन्त्री डा. लोते छिरिङ, विदेश मन्त्री डा. टेन्डी दोर्जी, अर्थमन्त्री लोकनाथ शर्मा, उच्च सरकारी अधिकारीहरु तथा भुटानस्थित भारतीय दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

मोदीलाई पारो विमानस्थलमा भुटान सशस्त्र फौजले ‘गार्ड अफ अनर’ प्रदान गरेको भुटानको सरकारी सञ्चार संस्था बीबीएसले जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदीले शनिवार बेलुका ७ सय २० मेगावाट क्षमताको माङदेछु जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एउटा अनौठो संयोगः सेप्टेम्बर ११ का दिन ९ः११ मा जन्मिएकी बालिकाकाे ताैल पनि ९ पाउण्ड ११ अउन्स

Read More →