Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

भिडिओ सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म निको हुँदैछु’

१६ मंसिर,   खबरमञ्च,   at 8:41 PM

By   /  December 2, 2019  /  Comments Off on भिडिओ सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म निको हुँदैछु’

    Print       Email

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले अस्पतालको शय्याबाट भिडिओ सन्देश दिँदै आफूलाई सन्चो हुँदै गएको बताएका छन्।

उनले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताए।

“एउटा मेजर अपरेशन [ठूलो शल्यक्रिया] पछि तपाईहरुले देखिरहनु भएको छ। मेजर अपरेशन पछि पनि म उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु,” भिडिओमा भनिएको छ।

काठमाण्डूको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

गत मङ्गलवार बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो।

केही साताअघि डायालिसिस गराएका प्रधानमन्त्री ओलीको अस्पताल लगिए लगत्तै शल्यक्रिया गरिएको हो।

उनको बाह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

शल्यक्रियापछि त्यहीँ डायालिसिस पनि गरिएका खबरहरू आएका थिए।

उनको रोगको गम्भीरतालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री ओलीको भिडिओ सन्देश सार्वजनिक गरिएको हो।

अस्पतालले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार भइरहेको’ जनाइएको छ।

अस्पतालको विज्ञप्तिमा भनिएको छ, “सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →